बुधबार, पुष ९, २०८२

साताभर झण्डै एक खर्ब रुपैंयाँको शेयर किनबेच

तीन हजार बिन्दु नजिक नेप्से

नेपालखोज २०८२ साउन ९ गते १५:१०

काठमाडौं । यो साता शेयर बजारमा उछाल देखिएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा समेटेको पुँजी बजार सम्बन्धी व्यवस्थाहरू चालु आर्थिक वर्षको सुरुवात देखि नै कार्यान्वयनमा ल्याएको थियो । यसैको प्रभाव यो साता शेयर बजारमा देखियो । जसले गर्दा नेप्से सूचक सँगै कारोबार रकममा पनि यो साता उछाल देखियो ।

सो अनुसार सेयर बजार परिसूचक नेप्से सातामा २९ सय ८२ दशमलव ६४ बिन्दुमा कायम रह्यो भने क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पाँच १७ दशमलव १३ बिन्दुमा कायम रह्यो ।यो साता तीन सय २८ वटा कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसअनुसार आठ लाख १९ हजार ६५ पटकको कारोबारमा २१ करोड ४७ लाख १७ हजार चार सय ९१ कित्ता शेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम ९५ अर्ब ९४ करोड ३१ लाख ७६ हजार १७ रुपैयाँ पुगेको छ ।

यो कारोबार रकम गत साताको तुलनामा ३६ अर्ब रुपैयाँले बढीहो । गत साता तीन सय ३० वटा कम्पनीहरूको सेयर कारोबार भएको थियो । जसअनुसार चार लाख ९३ हजार १२ पटकको कारोबारमा १६ करोड १९ लाख ५७ हजार पाँच सय ४५ कित्ता शेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम ५९ अर्ब ६३ करोड ४६ लाख ८२ हजार नौ सय ३६ रुपैयाँ पुगेको थियो । नेप्सेको नियमित कारोबार कक्ष सातामा पाँच कार्य दिन नै खुलेको थियो ।

जसमध्ये पहिलो दिन ओरालो लागेको नेप्से परिसूचक बाँकी दिनहरूमा भने लगातार उकालो लागेको थियो । दैनिक शेयर कारोबारको विश्लेषण गर्दा साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक शून्य दशमलव ३२ अंकले उकालो लागेर २८ सय ७० दशमलव ९५ बिन्दुमा चढेकोमा क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने दुई दशमलव ४६ अंकले ओरालो लागेर चार सय ९८ दशमलव तीन बिन्दुमा झरेको थियो ।

दोस्रो कारोबार दिन सोमबार पनि नेप्से परिसूचक २१ दशमलव ७६ अंकले उकालो लागेर २८ सय ९२ दशमलव ७२ बिन्दुमा चढेकोमा क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ४५ अंकले उकालो लागेर पाँच सय दुई दशमलव ४९ बिन्दुमा चढेको थियो । तेस्रो कारोबार दिन मङ्गलवार पनि नेप्से परिसूचक ८० दशमलव ९७ अंकले उकालो लागेर २९ सय ७३ दशमलव ७० बिन्दुमा चढेकोमा क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १४ दशमलव ४८ अंकले उकालो लागेर पाँच सय १६ दशमलव ९८ बिन्दुमा चढेको थियो ।

चौथो कारोबार दिन बुधवार पनि नेप्से परिसूचक पाँच दशमलव १७ अंकले उकालो लागेर २९ सय ७८ दशमलव ८८ बिन्दुमा चढेकोमा क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने शून्य दशमलव १५ अंकले ओरालो लागेर पाँच सय १६ दशमलव ८२ बिन्दुमा झरेको थियो । पाँचौँ कारोबार दिन बिहीबार पनि नेप्से परिसूचक तीन दशमलव ७६ अंकले उकालो लागेर २९ सय ८२ दशमलव ६४ बिन्दुमा चढेकोमा क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ३१ अंकले उकालो लागेर पाँच सय १७ दशमलव १३ बिन्दुमा चढेको थियो ।

यो साता बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा नेपाल पुर्नबीमा कम्पनी, हिमालन रि इन्स्योरेन्स कम्पनी, राधी जलविद्युत कम्पनी आदि परेका छन् भने सेयर कारोबार भएको सङ्ख्याको आधारमा नेपाल पुर्नबीमा कम्पनी, राधी जलविद्युत कम्पनी लिमिटेड अगाडि देखिएका छन् । बजार पुँजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अगाडि परेका छन् ।

दैनिक सेयर कारोबार तालिका
दिन कम्पनी संख्या कारोबार संख्या कित्ता संख्या कारोबार रकम

पहिलो दिन ३१६ १७८१७६ ५१६५८३८५ २१४६४९९४१३३.०२
दोस्रो दिन ३११ १३८८२८ ३५६४९२११ १६३२७११५२३८.९९
तेस्रो दिन ३१९ १७७१०१ ४३५८१२२८ २००८५३६७२९३.७६
चौंथो दिन ३१९ १७०३१८ ४४८६६१५९ १९५७५२७०५५७.६७
पाँचौं दिन ३२८ १५४६४२ ३८९६२५०८ १८४९०४२८७९४.०७
कुल ३२८ ८१९०६५ २१४७१७४९१ ९५९४३१७६०१७.५१
(श्रोत : नेपाल स्टक एक्सचेन्ज लिमिटेड)

प्रतिक्रिया