एनआईसी एशिया बैंकले आठ दशमलव १७ प्रतिशत ब्याजदरमा सेयर धितो कर्जा दिने

काठमाडौं । एनआईसी एशिया बैंकले प्रतिष्पर्धी ब्याजदर (औसत आधार दरमा १ प्रतिशत प्रिमियम थप) मा सेयर धितो राखेर प्रवाह गरिने कर्जा ‘एनआईसी एसिया एथोट लोन अगेन्स्ट सेयर’ को आकर्षक कर्जा योजना सार्वजनिक गरेको छ ।
बैंकले प्रतिष्पर्धी ब्याजदर (औसत आधार दरमा एक प्रतिशत प्रिमियम थप) मा यस सेयर कर्जा योजना सार्वजनिक गरेको हो । ग्राहकहरूले नेपाल स्टक एक्सचेन्जमा सूचीकृत बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी लगायत अन्य विभिन्न कम्पनीहरूको साधारण सेयर यस बैंकमा धितो राखेर एक सय ८० दिनको सेयरको औसत बजार मूल्य वा पछिल्लो कारोबार मूल्य मध्ये जुन कम छ, त्यसको ७० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सक्नेछन् ।
यस योजना अन्तर्गत न्यूनतम ५० लाख देखि अधिकतम १५ करोड रूपैयाँसम्मको कर्जा रकम प्राप्त गर्न सक्ने व्यवस्था बैंकले गरेको छ ।
प्रतिष्पर्धी ब्याजदर तथा अनुपम सुविधाले भरिपूर्ण बैंकको यस कर्जामार्फत ग्राहक महानुभावहरूलाई सहज रुपमा कर्जा प्रदान गर्ने रणनीति अनुरुप सम्पूर्ण आवश्यक कागजात प्राप्त भए पश्चातको ३ कार्यदिन भित्र नै कर्जा उपलब्ध गराउने गरी आन्तरिक व्यवस्थापन गरेको छ ।
ग्राहकहरूको कर्जा सम्बन्धी सल्लाह, सुझाव तथा ग्राहकहरूको गुनासो वा जिज्ञासा आदिको उचित समयमा प्रभावकारी तवरले समाधान तथा निराकरण गर्ने हेतुले एकद्वार प्रणालीको व्यवस्था अनुरुप बैंकले ‘कर्जा सहायता केन्द्र’ को समेत स्थापना गरेको छ ।








प्रतिक्रिया