एनआईसी एशिया बैंक र बुढानीलकण्ठ हेरिटेजबिच सम्झौंता

काठमाडौं । एनआईसी एशिया बैंक र बुढानीलकण्ठ हेरिटेज लिमिटेडबीच सम्झौंता भएको छ । बैंकका ग्राहकहरुलाई लेमोन ट्री प्रिमियर, बुढानीलकण्ठमा सेवा लिँदा छुट उपलब्ध गराउने विषयमा सम्झौता उक्त सम्झौंता भएको हो ।
सम्झौंता पश्चात बैंकका ग्राहकहरुले अब लेमोन ट्री प्रिमियरमा सेवा लिएर डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले उक्त होटलको आवास सेवा, खाना तथा पेय पदार्थमा १५ प्रतिशत र स्पा सेवामा २० प्रतिशतको विशेष छुट सुविधा उपभोग गर्न सक्नेछन् ।
सम्झौता पत्रमा बैंकका तर्फबाट डिजिटल पेमेन्ट इकोसिस्टम प्रमुख बिमल लम्साल र बुढानीलकण्ठ हेरिटेज लिमिटेडका तर्फबाट जनरल म्यानेजर मनोज कुमार थापाले हस्ताक्षर गरेका छन् ।
यो सुविधाको उपभोग गर्न ग्राहकहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरि वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्नेछ । बुढानीलकण्ठ हेरिटेज लिमिटेडसँगको यस सहकार्यले ग्राहकहरुलाई विशेष छुट उपलब्ध हुनुको साथै डिजिटल भुक्तानी सेवालाई प्रवर्धन गर्न सहयोग पुग्ने बैंकको विश्वास छ ।

प्रतिक्रिया