बागमती प्रदेशसभा कांग्रेस संसदीय दलको नेतामा बानियाँ निर्वाचित
नेपालखोज
२०८२ साउन १४ गते १८:३६

हेटौँडा । बागमती प्रदेशसभा, नेपाली कांग्रेस संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ चयन भएका छन् । आज सम्पन्न यहाँ सम्पन्न निर्वाचनमा उहाँले २२ प्राप्त गरेर मुख्यमन्त्री बहादुरसिंह लामालाई पराजित गरेका थिए ।
निर्वाचन समितिका अनुसार मुख्यमन्त्री लामाले १४ मत प्राप्त गरे । निर्वाचनमा एक मत बदर भएको जनाइएको छ । निर्वाचनमा ३७ प्रदेशसभा सदस्यले मतदानमा भाग लिएका थिए ।
यस अगाडिको दलको नेताको निर्वाचनमा पनि बानियाँ र लामाबीच नै प्रतिस्पर्धा भएको थियो । तत्कालीन समयमा लामाले २१ मत प्राप्त गरेर दलको नेतामा चयन हुनुभएको थियो बानियाँले १६ मत प्राप्त गरेका थिए । आजको निर्वाचनमा कांग्रेसका ३७ प्रदेशसभा सदस्यले मतदान गरेका थिए ।
सम्बन्धित

प्रतिक्रिया