बुधबार, पुष ९, २०८२

३१ अंकले घट्दा झण्डै १६ अर्बको शेयर किनबेच

नेपालखोज २०८२ साउन १५ गते १५:४४

काठमाडौं । नेप्से पुन घटेको छ । नेप्से साताको अन्तिम कारोबार दिन आज बिहीबार पनि ३१ दशमलव ५० अंकले घटेर २९ सय २२ दशमलव ६३ अंकमा झरेको छ ।

नेप्सेमा आज ३१८ वटा कम्पनीहरुको एक लाख ६८ हजार पाँच सय ९४ पटकको कारोबारमा तीन करोड ६८ लाख ७१ हजार दुई सय ४४ कित्ता शेयर खरिद-बिक्री हुँदा कुल कारोबार रकम १५ अर्ब ९८ करोड ८९ लाख ११ हजार ९४४ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा फाइनान्स समूहको सूचक ३१ दशमलव २४ अंकले बढेर २ हजार ६७२ दशमलव २० अंकमा पुगेको छ भने बाँकी समूहहरुको सूचक घटेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक २२ दशमलव १९ अंकले घटेर १ हजार ५११ दशमलव पाँच अंकमा झरेकोमा बिकास बैंक समूहको सूचक २९ दशमलव ७७ अंकले घटेर छ हजार दुई सय ९० दशमलव पाँच अंकमा झरेको छ ।

जलबिद्युत समूहको सूचक पनि ४४ दशमलव ५५ अंकले घटेर तीन हजार सात सय ९७ दशमलव ९७ अंकमा झरेको छ । जीवन बिमा समूहको सूचक पनि एक सय ८१ दशमलव तीन अंकले घटेर १३ हजार सात सय ९१ दशमलव ७६ अंकमा झरेको छ ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा ट्रेड टावर लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा भुगोल इर्नर्जी लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने आज हिमालय रि इन्स्योरेन्स कम्पनी परेको छ ।

प्रतिक्रिया