टिकटकद्वारा २०२५ को पहिलो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक

नेपालखोज २०८२ साउन १५ गते १७:२९

काठमाडौं । टिकटकले आफ्ना प्रयोगकर्ताका लागि सुरक्षित डिजिटल वातावरण बनाउन गरेको निरन्तरको प्रतिबद्धता अनुरुप २०२५ को पहिलो त्रैमासिकको कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक गरेको छ ।

प्रतिवेदनमा टिकटकले गत जनवरीदेखि मार्चसम्म आफ्नो कम्युनिटी गाइडलाइन्स उल्लंघन गर्ने कन्टेन्टहरू पत्ता लगाएर त्यसलाई हटाउन आफूले उठाएका सक्रिय कदमहरूको विवरण राखेको छ । यसले प्रयोगकर्ताहरूलाई सकारात्मक अनुभव दिलाउन मद्दत गर्ने टिकटकको अपेक्षा छ ।

सन् २०२५ को पहिलो त्रैमासिकमा, नेपालमा मात्र टिकटकले १८,७६,५६३ वटा भिडियोहरू हटाएको छ । नेपालमा सक्रिय रूपमा हटाइएका भिडियोको दर ९९.६% रह्यो, जसमा ९७.८% भिडियोहरू २४ घण्टाभित्रै हटाइएका थिए ।

विश्वव्यापी रूपमा, टिकटकले यो त्रैमासिकमा २११ मिलियन भिडियोहरू हटाएको छ जुन यस प्लेटफर्ममा अपलोड गरिएको कुल कन्टेन्टको करिब ०.९% हो । हटाइएका भिडियोमध्ये, १८४,३७८,९८७ वटा भिडियो अटोमेटेड डिटेक्सन प्रविधि प्रयोग गरेर हटाइएका थिए, जबकि ७,५२५,१८४ भिडियो थप समीक्षा गरेपछि पुनःस्थापित गरिएका थिए। सक्रिय रूपमा हटाइएका भिडियोहरूको दर ९९.०% रह्यो, जसमा ९४.३% फ्ल्याग गरिएका कन्टेन्टहरू पोस्ट भएको २४ घण्टाभित्रै हटाइएका थिए ।

हटाइएका भिडियोहरूको ३०.१% कन्टेन्ट टिकटकको कन्टेन्ट पोलिसीसँग मेल नखाने संवेदनशील वा वयष्क विषयवस्तु भएका थिए भन्ने यस प्रतिवेदनले देखाउँछ। थप ११.५% भिडियोहरूले प्लेटफर्मको सुरक्षा र नैतिक मापदण्ड उल्लंघन गरेका थिए, जबकि १५.६% भिडियोहरूले गोपनीयता र सुरक्षा नियमहरू तोडेका थिए । यसका साथै, हटाइएका भिडियोहरूको ४५.५% गलत सूचनाका रूपमा फ्ल्याग गरिएका थिए र १३.८% भिडियोहरू एडिट गरिएका वा एआईले बनाइएको भनेर फ्ल्याग गरिएका कारण हटाइएका थिए ।

टिकटकले कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट नियमित रूपमा प्रकाशित गर्दै आएको छ जसले कन्टेन्ट र अकाउन्ट सम्बन्धी कारबाहीको प्रकृति र परिमाणबारे स्पष्ट जानकारी दिन्छ र यसले पारदर्शिताप्रति टिकटकको प्रतिबद्धता पनि देखाउँछ। टिकटकको २०२५ पहिलो त्रैमासिक विस्तृत रिपोर्ट, टिकटकका कन्टेन्ट गाइडलाइन्स, टुल्स र नीतिहरूबारे थप जानकारीका लागि टिकटकको ट्रान्सपेरेन्सी सेन्टरमा जान सकिन्छ ।

टिकटकबारे
टिकटक छोटो आकारका मोबाइल भिडियोको अग्रणी गन्तव्य हो । हाम्रो उद्देश्य सिर्जनशीलतालाई प्रेरित गर्नु र खुसी फैलाउनु हो ।

टिकटकको मुख्य कार्यालय लस एन्जलस र सिंगापुरमा छ भने यसका अन्य कार्यालयहरू न्यूयोर्क, लन्डन, डब्लिन, पेरिस, बर्लिन, दुबई, जाकार्ता, सिओल र टोकियोमा रहेका छन् ।

प्रतिक्रिया