पेट्रोलको मूल्य घट्याे, डिजेल र मट्टीतेलको बढ्याे

नेपालखोज २०८२ साउन १५ गते २२:२०

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ भने डिजेल र मट्टीतेलको मूल्य बढाएको छ । शुक्रबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य घटाइएको तथा डिजेल र मट्टीतेलको मूल्य बढाइएको हाे ।

निगमका अनुसार, पेट्रोल प्रतिलिटर एक रुपैयाँ घटाइएको छ भने डिजेल र मट्टीतेल प्रतिलिटर दुई रुपैयाँ बढाइएको छ । खाना पकाउने एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत् राखिएको निगमले जनाएकाे छ ।

प्रतिक्रिया