विदेशी भूमिमा षड्यन्त्र गरेको पश्चिमा आरोप ‘आधारहीन’ भएको इरानको दावी

नेपालखोज २०८२ साउन १६ गते १३:३३

काठमाडाैं । तेहरानले पश्चिमा मुलुकका विद्रोही, पत्रकार र अधिकारीलाई मार्ने वा अपहरण गर्ने प्रयास गरेको भन्ने अमेरिका र उसका एक दर्जनभन्दा बढी सहयोगी राष्ट्रको आरोपलाई शुक्रबार खण्डन गरेको छ ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माईल बाकाईले एक विज्ञप्ति जारी गर्दै उक्त दाबीलाई ‘आधारहीन’ भन्दै यसलाई ‘प्यालेस्टाइनमा भएको नरसंहार’ भन्ने आजको सबैभन्दा महत्वपूर्ण मुद्दाबाट जनताको ध्यान मोड्ने प्रयास भएको बताएका छन् ।

संयुक्त राज्य अमेरिका, बेलायत, फ्रान्स र जर्मनीलगायत पश्चिमा सरकारहरूले बिहीबार एक संयुक्त वक्तव्य जारी गर्दै भनेका छन्, ‘आफ्नो देशमा इरानी गुप्तचर सेवाहरूबाट बढ्दो सङ्ख्यामा खतराको देखिएको र यसको यसको सशक्त निन्दा गरिन्छ।’

‘हाम्रो सार्वभौमिकताको ठाडो उल्लङ्घन गर्दै युरोप र उत्तर अमेरिकामा मानिसहरूलाई मार्ने, अपहरण गर्ने र उत्पीडन गर्ने इरानी गुप्तचर सेवाहरूको प्रयासको विरोधमा हामी एकजुट छौं,’ विज्ञप्तिमा भनिएको छ।

बाकाईले भने, ‘आरोपहरू ‘स्पष्टरूपमा मनगढन्ते र महान इरानी राष्ट्रमाथि दबाब सिर्जना गर्ने’ उद्देश्यले दुर्भावनापूर्ण ‘इरानोफोबिया’ अभियानको एक भागको रूपमा डिजाइन गरिएको देखिन्छ ।

प्रतिक्रिया