सोमबार, मंसिर २२, २०८२

तेजश रेग्मी र राज सापकोटाको तिज गीत ‘हरियो हरियो चुरि हरियो’ सार्वजनिक

नेपालखोज २०८२ साउन १८ गते १५:४६

काठमाडौं । तिजको रमाइलो माहोल सुरु भइसकेको छ, र यसै अवसरमा नयाँ तिज गीत “हरियो हरियो चुरि हरियो“ सार्वजनिक भएको छ । गायक तथा मोडल राज सापकोटाको दमदार अभिनय र स्वरले सजिएको यो गीत हालै सार्वजनिक भएसँगै टिकटकमा चर्चा बटुल्न थालेको छ ।

यस गीतमा तेजश रेग्मी, राधिका हमाल, र राज सापकोटाको स्वर रहेको छ भने तेजश रेग्मीकै शब्द र संगीतले गीतलाई सांगीतिक रूपमा सशक्त बनाएको छ । संगीत संयोजन, मिक्सिङ र मास्टरिङको जिम्मेवारी आकाश नेपालीले सम्हालेका छन् ।
गीतको भिडियो पक्ष पनि उत्तिकै आकर्षक छ। कोरियोग्राफर तथा निर्देशक शिव बिकले तिजको झल्को दिने दृश्य संयोजन गरेका छन् । सह–कोरियोग्राफर माधव श्रेष्ठले पनि भिडियोको प्रस्तुतिमा सशक्त योगदान दिएका छन् ।

भिडियोमा तेजश रेग्मी,सारिका केसी, राज सापकोटा, सरिता दनकुटी र गणेश रेग्मीको अभिनय हेर्न सकिन्छ । विशेषतः राज सापकोटाको अभिनय र नृत्यले दर्शकको ध्यान खिच्न सफल भएको छ । भिडियोको छायांकन दीपक गिरीले गरेका हुन् भने सम्पादन मिन रावलले गरेका छन् ।

‘हरियो हरियो चुरि हरियो’ तिजको मौलिक संस्कृतिमा आधारित गीत हो, जसले नेपाली महिलाहरूको चाडपर्वमा लगाउने पहिरन, चुरा, र भावनात्मक पक्षलाई उजागर गर्छ । गीतमा परम्परागत र आधुनिक शैलीको उत्कृष्ट संयोजन देख्न पाइन्छ । राज सापकोटा फिचर्ड यो गीत ‘तेजश रेग्मी’ युट्युब च्यानलमा उपलब्ध छ ।
भिडियो लिंक
https://youtu.be/U4aSdS9dVXY?si=4EW5W7ZzHEohNUws

प्रतिक्रिया