औषधि उत्पादक संघको अध्यक्षमा अधिकारी

नेपालखोज २०८२ साउन १९ गते १८:४४

काठमाडौं । नेपाल औषधि उत्पादक सङ्घ (एपोन)को ३१औँ वार्षिक साधारणसभाले विप्लव अधिकारीको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

आज यहाँ भएको साधारणसभामा अध्यक्षका अर्का उम्मेद्वार दीपक दाहालले उम्मेद्वारी फिर्ता लिनु भएपछि अधिकारी सर्वसम्मत निर्वाचित भएका हुन् ।

एपोनको वरिष्ठ उपाध्यक्षमा प्रभात रुङ्गटा, उपाध्यक्षमा पृथ्वीराज भण्डारी महासचिव पदमा सन्तोष बराल, सचिव पदमा गिरिराज पाठक कोषाध्यक्ष पदमा सुमितचन्द्र श्रेष्ठ निर्वाचित भएका छन् ।

त्यसैगरी सदस्यमा शैलेश वैद्य, पङ्कज तिवारी, ईश्वर भण्डारी, शरदचन्द्र ओझा, सजलराज रेग्मी र प्रवन दाहाल निर्वाचित भएका छन् ।

प्रतिक्रिया