माओवादीले एकता गर्ने प्रस्ताव गरेको भोलिपल्ट विप्लवको पार्टीको स्थायी कमिटी बैठक

नेपालखोज २०८२ साउन २० गते १३:०६

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी एकता गर्ने प्रस्ताव गरेको भोलिपल्ट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको स्थायी कमिटी बैठक बसेको छ । काठमाडौंमा बसेको नेकपाको अनौपचारिक बैठकमा माओवादीको निर्णयबारे छलफल भएको हो ।

नेकपाका एक नेताले माओवादीको प्रस्तावमा सामान्य छलफल भए पनि हतारमा पार्टी एकता नहुने बताए । २०७९ सालमा पुष्पकमल दाहाल नेतृत्वको माओवादी केन्द्रबाट विभाजन भएर बनेको नेकपा-माओवादीबाट फुटेर विप्लवको नेतृत्वमा नेकपा गठन भएको थियो ।

केही समय भूमिगत राजनीति गरेका विप्लव २०७६ सालमा केपी शर्मा ओली नेतृत्वको सरकारसँग सहमति गरेर शान्तिपूर्ण राजनीतिमा फर्किएका थिए । नेकपाले उत्पादन केन्द्रित अभियानलाई प्रभावकारी बनाउने निर्णय गरेको छ । पछिल्लो समय विप्लवलगायतका नेताहरू कृषि उत्पादनमा लागेका छन् ।

प्रतिक्रिया