भूपरिवेष्टित विकासशील राष्ट्रमा दिगो स्रोत परिचालनमा ओलीकाे जोड

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्टित विकासशील राष्ट्रमा दिगो स्रोत परिचालनमा जोड दिएका छन् ।
तुर्कमेनिस्तानमा जारी भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनअन्तर्गत दक्षिण-दक्षिण सहकार्यसम्बन्धी सत्रमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अपार सम्भावना र तत्कालका आवश्यकताको परिपूर्तिका लागि यी मुलुकबिच ज्ञान आदानप्रदानसहित मापनयोग्य परिणाम हासिलका लागि दिगो स्रोत परिचालनमा जोड दिए ।
एकता, पारस्परिक सम्मान र साझा स्वामित्वमा आधारित, दक्षिण-दक्षिण सहयोगले एलएलडिसीको अद्वितीय आवश्यकता र आकाङ्क्षा अनुरूप आपसी सिकाइ, क्षमता विकास र प्रविधि हस्तान्तरणलाई बढावा लिने उहाले बताए ।
उनले लचिलो भौतिक र डिजिटल पूर्वाधारमा लगानी गरेर क्षेत्रीय एकीकरणलाई प्रवद्र्धन गर्न दक्षिण–दक्षिण र त्रिकोणीय सहयोगलाई उपयोग गर्नुपर्ने धारणा राखे ।

प्रतिक्रिया