मंगलबार, मंसिर २३, २०८२

मिसेस नेपाल इन्टरनेशनल वल्र्ड २०२५’ को ग्रान्ड पहिलो अडिसन भव्य रुपमा सम्पन्न

नेपालखोज २०८२ साउन २५ गते १४:०३

काठमाडौं । सामरी इन्टरनेशनलको आयोजनामा ‘मिसेस नेपाल इन्टरनेशनल वल्र्ड २०२५’ को ग्रान्ड पहिलो अडिसन शनिबार मण्डला ब्याङ्क्वेट, तिनकुनेमा भव्य रूपमा सम्पन्न भएको छ ।

कार्यक्रममा २६ जना साहसी तथा आत्मविश्वासी प्रतिस्पर्धीहरूले आफ्नो लुकेको प्रतिभा र आत्मविश्वास प्रस्तुत गर्दै सबैलाई प्रेरित पारेका थिए ।

विशेष अवसर रक्षाबन्धनको दिन आफ्ना व्यक्तिगत जिम्मेवारीहरू सकेर आफ्नो सपना, आफ्नो नाम र आफ्नो पहिचानका लागि अडिसनमा उपस्थित भएका सबै महिला प्रतिभाहरूप्रति सामरी इन्टरनेशनलका मुख्य कार्यकारी अधिकृत भरत सामरीले गहिरो सम्मान व्यक्त गर्दै ‘घर-परिवार मात्र नभई समाजमा अग्रसर हुने हरेक महिलालाई हाम्रो मनदेखि सम्मान गर्दछौं’ भनेका थिए ।

जुरी सदस्यहरू :
सुनीता दुलाल-चर्चित गायिका
अलिजा गौतम-निर्देशक, प्राइम टाईम टेलिभिजन तथा अभिनेत्री
निर्णय एनएसके-चर्चित र्यापर
हरी गोपाल प्रधान-वरिष्ठ पत्रकार
ग्येन्द्र लामा-कार्यकारी अध्यक्ष, मनास्लु वल्र्ड कलेज
विनोद कुँवर-पूर्व अध्यक्ष तथा जीऋ सदस्य, ल्च्ल्ब् क्ष्ऋऋ
भेन्यु पार्टनरः मण्डला ब्याङ्क्वेट-तिनकुने

आयोजक टोली :
दिल माया मगर-प्रमुख कार्यकारी, एमकेएम फेसन हाउस
महेंद्र शाह-प्रबन्ध निर्देशक
सुस्मिता तिमल्सिना र अनिशा-संयोजक
कार्यक्रम सञ्चालनः महेन्द्र शाही
मिडिया तथा प्राविधिक सहयोगीः
भिडिय/फोटोः डीजे स्कल-सरोज श्रेष्ठ तथा वम बहादुर पुन
भिडियो/फोटो पार्टनरः अकेन्द्र चालाउने र बिष्णु श्रेष्ठ
सहयोगी हातहरूः सिड वाग्ले, दिलीप मगर, अमित खनाल, करुणा भुजेल
टिभी पार्टनर: लाइफ ओके
मेकअप पार्टनरः श्रिष्टि शाही-सैनेश शाही
कार्यक्रमको फाइनल अडिसन श्रावण ३१ गते बिहान १०ः०० बजे मण्डला ब्याङ्क्वेट, तिनकुनेमा हुने तय भएको छ।

प्रतिक्रिया