दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति चाँडै घोषणा हुन्छ : मन्त्री चौधरी

नेपालखोज २०८२ साउन २५ गते १६:१८

पाँचथर । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति चाँडै घोषणा हुने बताउनुभएको छ । प्रतियोगिता सञ्चालनका लागि सबै पक्षसँग छलफल चलिरहेको उल्लेख गर्दै उनले अब भने परिवर्तन नहुने गरी प्रतियोगिताको मिति तय गरिने बताए ।

आज पाँचथरको फिदिममा जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री चौधरीले सुर्खेतमा आयोजना हुने प्रतियोगिता सञ्चालनका लागि कर्णाली प्रदेश सरकारसँग छलफल चलिरहेको जानकारी गराए ।

मन्त्री चौधरीले नेपाल प्रिमियर लिग (एनपीएल०को पहिलो संस्करण सञ्चालनमा भएका वित्तीय, प्राविधिक तथा व्यवस्थापकीय पक्षको अध्ययन गरी छानबिन गर्न एक समिति गठन गर्ने पनि जानकारी दिए ।

प्रतिक्रिया