मंगलबार, मंसिर २३, २०८२

झन्डै २८ अंकले घट्दा १० अर्ब २१ करोडको शेयर किनबेच

नेप्सेमा उच्च अंकले गिरावट

नेपालखोज २०८२ साउन २६ गते १५:४७

काठमाडौं । नेप्से उच्च अंकले घटेको छ । आज सोमबार नेप्से २७ दशमलव ९० अंकले घटेर २८ सय २२ दशमलव ४६ अंकमा झरेको छ । यसै गरी क वर्गका कम्पनीहरूको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ७४ अंकले घटेर चार सय ८५ दशमलव ४१ अंकमा झरेको छ । नेप्सेमा आज तीन सय २४ वटा कम्पनीहरूको ९८ हजार पाँच सय २५ पटकको कारोबारमा दुई करोड ५० लाख ९२ हजार चार सय ९० कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम १० अर्ब २१ करोड एक लाख ४२ हजार तीन सय आठ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहहरूको शेयर कारोबार भएकोमा अन्य समूहको सूचक आठ दशमलव १६ अंकले बढेर २६ सय २९ दशमलव ४७ अंकमा चढेकोमा सामूहिक लगानी कोष समूहको सूचक पनि शून्य दशमलव शून्य तीन अंकले बढेको छ । यी बाहेक बाँकी समूहहरूको सूचक भने उच्च अंकले घटेका छन् ।

जसमध्ये वाणिज्य बैंक समूहको सूचक छ दशमलव १८ अंकले घटेर १४ सय ७८ दशमलव ६० अंकमा झरेकोमा विकास बैंक समूहको सूचक पनि एक सय ३८ दशमलव ८८ अंकले घटेर पाँच हजार आठ सय ७३ दशमलव दुई अंकमा झरेको छ । फाइनान्स समूहको सूचक पनि ३२ दशमलव ८७ अंकले घटेर २५ सय ५३ दशमलव ५७ अंकमा झरेकोमा जलविद्युत समूहको सूचक पनि ५२ दशमलव ८० अंकले घटेर तीन हजार छ सय ६७ दशमलव २५ अंकमा झरेको छ ।

जीवन बिमा समूहको सूचक पनि एक सय सात दशमलव ९७ अंकले घटेर १३ हजार दुई सय ९४ दशमलव ७० अंकमा झरेकोमा निर्जीवन बिमा समूहको सूचक पनि एक सय ५८ दशमलव २१ अंकले घटेर १२ हजार पाँच सय ९० दशमलव ७९ अंकमा झरेको छ । यी बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, र व्यापार समूहको सूचक पनि क्रमशः ५३ दशमलव १८, एक दशमलव ३४, ५८ दशमलव ७५, एक सय २८ दशमलव ८४ र ६१ दशमलव ९४ अंकले घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरूको सुचीमा पहिलो स्थानमा रिभर फल्स पावर लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरूको सुचीमा पहिलो स्थानमा उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था परेको छ । यसै गरी बढी रकम कारोबार गर्नै कम्पनीहरूको सुचीमा भने शिवम सिमेन्ट पहिलो स्थानमा परेको छ ।

प्रतिक्रिया