‘युवाको ऊर्जा र सपना राष्ट्रको भविष्य हो’

नेपालखोज २०८२ साउन २७ गते १०:४०

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय युवा दिवसको शुभकामना व्यक्त दिँदै युवाको ऊर्जा र सपना राष्ट्रको भविष्य भएको बताएका छन् । प्रधानमन्त्री ओलीले आज दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत युवाहरूलाई शुभकामना दिँदै यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीले सकारात्मक सोच, निरन्तरको प्रयास र एकताबद्ध व्यवहारले देशलाई समृद्ध बनाउने सङ्कल्प पूरा हुनेछ बताए । ओलीले युवा दिवसले युवालाई राजनीतिक क्षेत्रमा सशक्त रुपमा लाग्न प्ररणा दिएकोसमेत बताएका छन् ।

‘आज अन्तरराष्ट्रिय युवा दिवस । सन् १९९९ मा संयुक्त राष्ट्रसङ्घले युवाहरूको योगदान, अधिकार र अवसरको सम्मान गर्ने दिनका रूपमा हरेक वर्ष अगस्ट १२ लाई युवा दिवस घोषणा गर्यो’, उनको शुभकामना सन्देशमा भनिएको छ, पहिलोपटक सन् २००० मा युवा दिवस मनाइएको थियो । यसले युवालाई सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक क्षेत्रमा सशक्त बनाउन प्रेरणा दिएको छ ।’

आज नेपालसहित विश्वभरि नै युवा दिवस मनाइँदै छ । राष्ट्रिय युवा परिषद्कै अगुवाइमा २०७३ सालदेखि युवा दिवस मनाउन थालिएको हो ।

प्रतिक्रिया