आईआरजीडीडीको गार्मेन्ट र कार्पेट उद्योगका अध्यक्षसँग सहकार्य बलियो बनाउने बारे छलफल

काठमाडौं । इन्टरनेशनल रिलेसन्स एन्ड डिप्लोमेसी डाइलग (आईआरजीडीडी) ले नेपाल गार्मेन्ट एसोसिएसन र नेपाल कार्पेट एसोसिएसनसग सहकार्यलाई बलियो बनाउने बारेमा छलफल गरेको छ ।
आईआरजीडीडीकी अध्यक्ष तथा पूर्वराजदूत डा. शर्मिला पराजुली ढकाल, नेपाल गार्मेन्ट एसोसिएसनका अध्यक्ष पशुपति देव पाण्डे र नेपाल कार्पेट एसोसिएसनका अध्यक्ष बलराम गुरुङबीच उक्त छलफल गरिएको हो । छलफलमा आईआरजीडीडीका सह-संस्थापक विमल ढकालको पनि उपस्थिी रहेको थियो ।
बैंठकमा नेपालको गार्मेन्ट र कार्पेट उद्योगहरूले आफ्नो विश्वव्यापी उपस्थिति कसरी बलियो बनाउन सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।
साथै, उक्त अवशरमा यस क्षेत्रका विशेषज्ञहरु र व्यावहारिक कुराहरुको आदान-प्रदान गर्ने विषयमा छलफल भएको थियो । छलफल बजार पहु“च विस्तार गर्ने, उत्पादन प्रतिस्पर्धात्मकता सुधार गर्ने र अन्तर्राष्ट्रिय व्यापारमा परिवर्तनहरूसँग अनुकूलन गर्ने कुरामा केन्द्रित थियो ।
अध्यक्ष डा. ढकालले दुवै अध्यक्षहरूको बहुमूल्य योगदानको कदर व्यक्त गर्दै नेपालको आर्थिक कूटनीतिलाई अगाडि बढाउन उनीहरूको क्षेत्रीय विशेषज्ञता महत्वपूर्ण रहेको उल्लेख गरिन् ।
आईआरजीडीडी उद्योगका नेताहरूसग नजिकबाट काम गर्न, दिगो विकास र बलियो अन्तर्राष्ट्रिय संलग्नतालाई प्रवद्र्धन गर्न अनुसन्धानमा आधारित सिफारिसहरू र रणनीतिक मार्गदर्शन प्रदान गर्न प्रतिबद्ध छ ।








प्रतिक्रिया