इजी रेमिट र नियो मनी ट्रान्सफरबीच रेमिट्यान्स् भुक्तानी सम्झौता
नेपालखोज
२०८२ साउन २९ गते १५:३०

काठमाडौं । इजी रेमिट र नियो मनी ट्रान्सफरले छिटो, भरपर्दो र सुरक्षित रेमिट्यान्स सेवा प्रदानको लागि भुक्तानी सम्झौता गरेका छन् ।
यो सम्झौतासँगै इजी रेमिटको माध्यमबाट नियो मनि ट्रान्सफर मार्फत नेपालका कुनैपनि बैंक खाता, वा भुक्तानी सेवा प्रदायकका वालेटमा रेमिट्यान्स् पठाउन सकिन्छ । यसका साथै नियो मनि ट्रान्सफरका स्थानीय एजेन्टहरुबाट समेत रकम प्राप्त गर्न सकिनेछ ।
यो नयाँ साझेदारीले पैसा पठाउनको लागि एक भरपर्दो र आधिकारिक माध्यम प्रदान गर्नेछ, जसले अनौपचारक कारोबारको सट्टा सुरक्षित विकल्पलाई प्रोत्साहन गर्दछ ।
यस साझेदारीले इजी रेममटको ठूलो विश्वव्यापी सञ्जाल र नियो मनी ट्रान्सफरको नेपालभर फैलिएको बलियो सञ्जालले रेमिट्यान्स् भुक्तानीलाई अझ सहज र सरल बनाउने अपेक्षा गरिएको छ ।
सम्बन्धित








प्रतिक्रिया