माछापुच्छ्रे क्यापिटल तथा लक्ष्मी सन्राइज बैंकबीच सम्झौंता

काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेड तथा लक्ष्मी सन्राइज बैंक लिमिटेड बिच सम्झौंता भएको छ । ‘७% लक्ष्मी सन्राइज डिबेञ्चर २०९२’ नामक ऋणपत्र सार्वजनिक निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धकका साथै डिबेञ्चर ट्रष्टि सेवा प्रदान गर्न बिहिबार सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।
लक्ष्मी सन्राइज बैंक लिमिटेडले कुल ३० लाख कित्ताको प्रति डिबेञ्चर अंकित मुल्य एक हजार रुपैयाँको दरले हुन आउने रकम तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र सार्वजनिक निष्काशन गर्नकालागि माछापुच्छ्रे क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमानियुक्त गरेको हो ।
सम्झौता समारोहमा निष्काशन तथा बिक्री प्रबन्धक माछापुच्छ्रे क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृतउपेन्द्र मालाकार र निष्काशनकर्ता कम्पनी लक्ष्मी सन्राइज बैंकको तर्फबाट प्रमुख वित्तीय अधिकृतपियूष राज अर्यालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन । माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो ।
पब्लीक लिमिटेड कम्पनीको रुपमा स्थापित धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) कम्पनी, माछापुच्छ्रे क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्ड मार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य, निष्काशनतथाबिक्रीप्रबन्धक, शेयर रजिष्ट्रार तथा सामूहिक लगानी कोष सेवा प्रदान गर्दैै आईरहेको छ ।








प्रतिक्रिया