‘भ्रष्टाचार शून्यमा पुर्याउन आचरण शुद्ध हुनु पर्छ’
नेपालखोज
२०८२ साउन ३० गते १२:०८

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार शून्यमा पुर्याउन आचरण शुद्ध हुनुपर्ने बताएका छन् ।
ललितपुरमा शुक्रबार आयोजित डिजिटल फ्रेमवर्क, २०२५ लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचार शून्यमा पुर्याउन सकिने तर त्यो कानुन कार्यान्वयनबाट मात्रै सम्भव हुने कुरा नरहेको स्पष्ट पारेका हुन् । त्यसका लागि मानिसको आचरण, चरित्र, गुणवत्ता वृद्धि गर्न जरुरी रहेको बताए ।
मानिसको आचरण, चरित्र, गुणवत्ता वृद्धि गर्न शिक्षामा सुधार गर्न जरुरी रहेको बताए । गुणवत्ता बढाउने शिक्षा दिन जरुरी रहेको बताए ।
प्रधानमन्त्री ओलीले सामाजिक प्लेटफर्महरूमा राम्रो बाटो समाउन सके र अहिलेको प्रविधिको सी सदुपयोग गर्न सके राम्रो हुने बताए ।
सम्बन्धित

प्रतिक्रिया