श्री कृष्ण : जन्माअस्टमीको सन्दर्भ

श्री कृष्णको ब्याक्तित्वबाट म अत्यन्तै प्रभावित छु । हुन त कृष्ण लाई ब्यासले महाभारत साहित्यको एउटा अदभूत महानायक बनाएर प्रस्तुत गरीपने वहाँको व्यक्तित्व बडो अजिब , विवादास्पद , रहस्यमय , ज्ञान र चातुर्य ताले भरिएको छ ।
वहाँको जीवनमा मान्छेमा हुने सबै राम्रा नराम्रा गुण दोष र रङहरू पाइन्छ । वहाँको बारेमा ओसोले भनेका छन्, ‘जब कुनै चेतना व्यापक भएर सबैलाई समेट्छ त्यो कृष्ण हो’ बुद्धको लागी जीवन दुक्ख हो भने कृष्णको लागि जीवन उत्सव हो ।
प्रागैतिहासिक कुरा गर्दा भगवान् श्री कृष्णको जीवन चरित्र हामी मानव जाति सङ धेरै मिल्दोजुल्दो भए पनि चमत्कारिक र विचित्र को छ। श्रीकृष्ण मिथक हुन वा इतिहास त्यो त म भन्न सक्तिन। जे भएपनी कृष्ण हामी हिन्दुहरूको ईश्वर को अवतार हुन र पूजनीय छन् ।
* जिवनका केही विशेषता ?
१) श्रीकृष्णको छालाको रङ्ग कालो थियो । उहाँको शरीर बाट एउटा मादक गन्ध आउँथ्यो अरे। कोही भन्छन् वहाँ १२५ वर्ष सम्म बाच्नु भयो र एक व्याधाको हात बाट उहाँको हत्या भएको थियो।
२) वहाँको शरीर हेर्दा सुन्दर र कोमल देखिन्थ्यो, तर युद्धको बेला वहाँको मांसपेशीहरू कठोर हुँदै फैलिन्थ्यो अरे।
३) वहाँको मृत्युको बेला वहाँको शरीरमा न चाउरिपना थियो न केश नै पाकेका थियो अरे ।
४) वहाँको सौतेनी आमा र हजुर आमा (बाबु पट्टिको) नाग जातीका थिए। वहाँ लाई पाल्ने धर्म पिता नन्द आभीर जातीका थिए भने जन्म दिने पिता वासुदेव यादव जातिका थिए।
५) कृष्णको प्रेमिका ‘राधा’ को प्रसङ्ग महाभारत , ओ रिजनल भागवत पुराणमा पाइँदैन । जनश्रुति , गीत , भजन र कविताहरूमा मात्र उल्लेख भएको पाइन्छ । राधा कृष्ण भन्दा लगभग १६ र १८ वर्ष जेठी थिइन । पारिवारिक नातामा राधा कृष्णको माइजू पर्थिन भनेर कुनै लेखकले लेखेको लेखमा पढेको थिए। राधाको विवाह ‘अय्यन’ वा रमण नाम गरेका गोप सङ भएको थियो अरे ।
६) कृष्णको जेठो छोरा प्रद्युम्नको सानैमा अपहरण भई १६ वर्ष पछि मात्र बिहे भएर घर फर्किएका थिए । प्रद्युम्न पनि रुक्मिणी बराबर को उमेरका थिए अरे।
७) कृष्णको अन्तिम वर्ष छोडेर हेर्दा वहाँ ६ महिना मात्र द्वारिकामा बसोबास गरेको पाइन्छ । जबकि त्यो स्थान वहाँले नै निर्माण गर्नुभएको थियो ।
८) कृष्णको त्यत्रा छोरा नातिहरू उहाँको कुरा नमानेर उहाँकै अगाडी आपसमा युद्ध गरेर मरे , सिद्धिए । पछि उहाँको पनातिहरू मध्ये एक मात्र जीवित पनाति ‘व्रज नभा’ जसलाई युधिष्ठिरले इन्द्र प्रस्थको सिंहासनमा बसाएका थिए अरे।
- अत्र-शस्त्र शिक्षा :
१) कृष्णले औपचारिक शिक्षा केही अध्ययन मात्र गरेको पाइन्छ । तर पनि अर्जुनलाई त्यत्रो गीता दर्शको उपदेश दिएको देख्दा अचम्मैको कुरा हो। योग साधना चाहिँ सिक्नु भएको थियो भनिन्छ ।
२) उहाँले मार्सल आर्ट र डाँडिया नाच आफैँ सृजना गर्नु भएको थियो। वहाँले आफैँ एउटा शक्तिशाली नारायणी फौजको पनि आत्म रक्षाका लागि निर्माण गरेको पाइन्छ ।
३) उहाँले कैयौंपटक युद्ध , सामाजिक र राजनैतिक व्यक्तिगत अभियानहरू सञ्चालन गरेको पाइन्छ । जस्तै: आफ्नै मामा कंसको बद्ध , महाभारतको युद्ध , अर्जुन , नकारनकुर र बाण सुर सङ को युद्ध , अनि आफ्नै भान्जा शिशुपाल को हत्या आदी।
* महान कार्य :
१) द्वारिका र खान्डवप्रस्त (ईन्द्रप्रस्त)को स्थापना ।
२) स्कुलको स्थापना । जहाँ युद्ध कौशलका ट्रेनिङ हुन्थ्यो ।
३) नारीहरूको रक्षा र सम्मान । वहाँले १६०००९ सोरह हजार० स्त्रीहरू जो नरक सुर ले बन्धक बनाएर शोषण गरेको थियो तिनीहरू लाई मुक्त गर्न युद्ध गरी नरक सुर लाई मारी ती स्त्रीहरूलाई मुक्त गरी आफ्नैले विवाह गरी उनीहरूको अवैध सन्तानहरू लाई आफ्नो नाम दिई पिताको भूमिका खेल्नु भएको थियो। जबकि त्यो बेला ती स्त्रीहरूको पिता र दाजुभाइ र समाजले उनीहरूलाई सामाजिक स्वीकार र मान्यता दिएको थिएन। त्यस्तै द्रोपतीको चीरहरण गरेको बेला सहायताको प्रसङ्ग आदि। द्रोपति लाई वहाँ सखी भन्नू हुन्थ्यो र द्रोपती सङ घनिष्ठ मित्रता थियो।
४) त्यति बेला निरङ्कुश राजतन्त्रको विरोध र गणतन्त्रको स्थापनामा अहम् भूमिका निर्वाह गर्नु भएको थियो । अन्याय , अत्याचार , शोषणविरुद्ध र रुढीबादीको विरोध । जस्तै: काशीका पाखण्डी ब्राह्मणविरुद्धको अभियान । आदि।
५) गीताको उपदेश जो मानवताको लागी ठुलो सन्देश हो वहाँले नै अर्जुनलाई ज्ञान दिँदा भन्नू भएको थियो।
६) महाभारतको युद्धको महानायक शर
श्री कृष्णको चिन्तन गर्दा मलाई बडो विचित्र को लाग्छ । वास्तवमा यो होला न होला । यो एउटा दर्शन वा साहित्य नै होला । तर पनि कृष्णको जीवन प्रसङ्ग पढ्दा सुन्दा रोमाञ्चक लाग्छ । एकातिर ५५ वर्ष भन्दा माथि उमेर हुँदा पनि रुक्मिणी सङ विवाह गर्नुहुन्छ भने अर्कोतिर आफूभन्दा १६ वर्ष उमेर जेठी अर्का कि श्रीमती ९ राधा ०सङ प्रेम र रोमान्स गर्नुहुन्छ । त्यस्तै गोपिनीहरू जिस्किनुहुन्छ र ह्रास लीला गर्नुहुन्छ ।
उहाँले आठ वटा नारीहरू सङ विवाह गर्नु भएको थियो। एकातिर सानैमा घर घर गएर मखन चोरी गर्नुहुन्छ भने अर्कोतिर हेर्दा गाउँ समाजको हकहितमा सानै उमेर देखि धेरै सामाजिक कामहरू गरेको पाइन्छ । त्यस्तै ज्ञान , बुद्धि र तर्कमा त्यो बेला वहाँलाई कसैले पनि पराजित गर्न सक्तैन थियो। वास्तवमा वहाँको रूप र व्यक्तित्व अत्यन्तै बुझ्न न सकिने मायावी छ । उहाँलाई पूर्ण पुरुष पनि भन्ने गरिन्छ ।









प्रतिक्रिया