रूपन्देहीमा हुने उपनिर्वाचनका लागि २६ दल दर्ता
नेपालखोज
२०८२ भदौ २ गते १८:४६

काठमाडौं । रूपन्देही निर्वाचन क्षेत्र नम्बर–३ मा हुने उपनिर्वाचनका निम्ति २६ दल दर्ता गरिएका छन् । निर्वाचन आयोगले सोमबार दल दर्ताको निर्णय गरेको हो ।
निर्वाचन आयोगले उपनिर्वाचनका निम्ति दल दर्ता गर्न सबै राजनीतिक दललाई आह्वान गरेको थियो । उपनिर्वाचन प्रयोजनका निम्ति यही साउन २१ देखि २७ गतेसम्म दल दर्ताको समय तोकिएको थियो ।
कात्तिक १७ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ ।
सम्बन्धित

प्रतिक्रिया