कांग्रेसले बोलायो संसदीय दलको बैठक

नेपालखोज २०८२ भदौ ३ गते १०:४४

काठमाडौँ । नेपाली कांग्रेसले आकस्मिक रूपमा संसदीय दलको बैठक बोलाएको छ । संसदीय दलको बैठक आज दिउसो २ बजे बस्ने गरी बोलाइएको हाे ।

उपसभामुख इन्दिरा रानामगरविरुद्ध महाअभियोग प्रस्ताव अघि बढाउने तयारी गरेको कांग्रेसले छलफल र हस्ताक्षरका लागि सांसदहरूलाई बोलाएको बताइएको छ ।

नेकपा एमालेले पनि पार्टीका सांसदहरूलाई आकस्मिक रूपमा सिंहदरबार बोलाएको छ । एमाले संसदीय दलको कार्यालयबाट फोन गरेर सांसदलाई सिंहदरबार बोलाइएको हाे ।

प्रतिक्रिया