सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा सम्पती सुद्धीकरण तालिम सम्पन्न

नेपालखोज २०८२ भदौ ३ गते १३:२७

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना कर्मचारीको क्षमता अभिवृद्धि र नियामक पालना सुनिश्चित गर्ने उद्देश्यले सम्पती सुद्धीकरण (एन्टी मनी लाउण्डरिङ एएमएल) तथा वित्तीय अपराध (कम्व्याटिङ द फाईनान्सिङ अफ टेरोरिजम (सिएफटी) सम्बन्धी विशेष तालिम सम्पन्न गरेको छ ।

कार्यक्रममा कम्पनीका कानून विभाग प्रमुख सुबास भण्डारीले तालिम प्रदान गरेका थिए । उनले मनी लन्डरिङ र आतङ्कवादी वित्तीयकरण जस्ता विश्वव्यापी चुनौतीहरूले बीमा क्षेत्रलाई समेत प्रभावित गर्न सक्ने भएकाले समयमै सचेत रहनुपर्ने आवश्यकता औंल्याए ।

यस सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड, नेपाल सरकार तथा बीमा प्राधिकरणका निर्देशिका, र दैनिक कामकाजमा पालन गर्नुपर्ने व्यावहारिक प्रक्रियाबारे विस्तृत प्रशिक्षण दिए ।

कार्यक्रममा कोशी, मधेश तथा बागमती प्रदेशका शाखा प्रमुख लगायत कम्पनी प्रमुख बजार अधिकृत श्री गणेश चौलागाइ ज्यु तथा कम्पनीका अन्य पदाधिकारीहरुको मुख्य उपस्थिति रहेको थियो । हाल सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले देशभरका १४३ शाखा बाट जीवन बीमा व्यवसाय संचालन गरिरहेको छ ।

प्रतिक्रिया