६.५१ अंकले बढ्दा पाँच अर्ब ६३ करोडको शेयर किनबेच

काठमाडौं । नेप्सेको उकालो यात्राले साताको तेस्रो कारोबार दिन मंगलबार पनि निरन्तरता पाएको छ । आज ६ दशमलव ५१ अंकले बढेर २७ सय ७६ दशमलव ९० अंकमा पुगेको छ ।
नेप्सेमा आज तीन सय १६ वटा कम्पनीहरुको ६१ हजार सात सय ८४ पटकको कारोबारमा एक करोड ३१ लाख २४ हजार तीन सय १० कित्ता शेयर खरिद-बिक्री भएकोमा कुल कारोबार रकम पाँच अर्ब ६३ करोड ६५ लाख ४८ हजार ३८ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समूहहरुको शेयर कारोबार भएकोमा १३ वटै समूहहरुको सूचक बढेर नेप्से पुरै हरियो भएको छ । जसमध्ये वाणिज्य बैंक समूहको सूचक पाँच दशमलव ७७ अंकले बढेर १४ सय ३९ दशमलव ६५ अंकमा पुगेको छ । बिकास बैंक समूहको सूचक पनि १२ दशमलव २४ अंकले बढेर पाँच हजार ८५९ दशमलव १७ अंकमा पुगेको छ ।
फाइनान्स समूहको सूचक पनि शुन्य दशमलव ७१ अंंकले बढेर २ हजार ४८१ दशमलव ५० अंकमा पुगेकोमा जलबिद्युत समूहको सूचक पनि ६ दशमलव तीन अंकले बढेर तीन हजार ६१५ दशमलव ३३ अंकमा पुगेको छ । जीवन बिमा समूहको सूचक पनि ३३ दशमलव ३५ अंकले बढेर १३ हजार ५४ दशमलव ६० अंकमा पुगेकोमा निर्जीवन बिमा समूहको सूचक पनि १४ दशमलव ६६ अंकले बढेर १२ हजार चार सय दुई दशमलव ७९ अंकमा चढेको छ ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सान्भी इर्नर्जी लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नारायणी डेभलपमेन्ट बैंक परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने युनाईटेड मोदी हाईड्रोपावर लिमिटेड परेको छ ।

प्रतिक्रिया