नेपाल इन्भेष्टमेण्ट मेगा बैंकबाट छ दशमलव २९ प्रतिशतमा गाडी कर्जा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले ग्राहकवर्गहरुका लागि विशेष सुविधासहितको गाडी कर्जा योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत ग्राहकवर्गहरूले आकर्षक ब्याजदरमा सजिलैसँग गाडी खरिद गर्न सकिने बैंकले जानकारी दिएको छ ।
हालको लागि गाडी कर्जाको ब्याजदर केबल छ दशमलव २९ प्रतिशत (२०८२ भाद्र महिनाको आधारदर पाँच दशमलव ७९ प्रतिशत मा शुन्य दशमलव पाँच प्रतिशत थप गरि हुन आउने छ दशमलव २९ प्रतिशत) कायम गरिएको छ ।
आगामी दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ल्याइएको यस योजनाले चाडपर्वको उत्सवमा नयाँ गाडीको सपना पुरा गर्न चाहने ग्राहकवर्गहरुलाई थप सहजता हुने बैंकले अपेक्षा गरेको छ ।
सीमित समयका लागि मात्र लागू रहने यस विशेष सुविधा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका देशभरका शाखाहरुबाट लिन सकिनेछ ।
बैंकले हाल २७५ शाखा, ६५ एक्सटेन्सन काउन्टर, २६४ एटीएम एवं ६० शाखारहित बैंकिङ्ग मार्फत अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।








प्रतिक्रिया