नेता गिरी अध्ययनशील व्यक्ति हुन् : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका स्व नेता प्रदीप गिरी अध्ययनशील नेता भएको बताएका छन् ।
कांग्रेसका समाजवादी चिन्तक स्व प्रदीप गिरीको स्मृतिमा आज यहाँ आयोजित कार्यक्रममा उनले स्व गिरी कांग्रेसमा विद्वान नेता भएको बताए । सभापति देउवाले भन्नुभयो, ‘प्रदिपजीलाई मैले भारतको बनारसमा चिनेको हुँ, पछि उहाँ र म जेलमा पनि सँगै थियौँ । उनी धेरै पढने मान्छे । रातभरी किताब पढ्न सक्ने व्यक्ति हो ।’
दुर्भाग्यले नेता गिरी चाँडै सबैलाई छोडेर गएकाे उल्लेख गर्दै उनले अन्तिम समयमा आफूले भेटेको स्मरण गरे । सभापति देउवाले नेता गिरीले छोडेर गएका बाँकी काम सबैले मिलेर पूरा गर्नुपर्ने उल्लेख गरे ।
सभापति देउवाले जनताको मन जित्नेगरी काम गर्न नेता कार्यकर्तालाई आग्रह गरे । कतिपयले आफूलार कतिपटक प्रधानमन्त्री भएको होला भन्ने गरेकोप्रति लक्षित गर्दै उनले जनताले भोट दिएको, पार्टीका साथीभाइले सहयोग गरेको र अन्य पार्टीका साथीले पनि सहयोग गरेका कारण आफू प्रधानमन्त्री हुँदै आएको बताए ।

प्रतिक्रिया