बुधबार, पुष ९, २०८२

सातामा २९ अर्ब ७७ करोड रुपैंयाँको शेयर किनबेच

२७ सय ५७ बिन्दुमा नेप्से परिसुचक

नेपालखोज २०८२ भदौ ६ गते १४:२३

काठमाडौं । यो साता सेयर बजार परिसुचक नेप्से २७ सय ५७ दशमलव ९७ बिन्दुमा कायम भएको छ । यसैगरी क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार सय ७४ दशमलव २६ बिन्दुमा कायम भएको छ । सातामा तीन सय २३ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् ।

जसअनुसार तीन लाख २७ हजार ८९ पटकको कारोबारमा आठ करोड नौं लाख दुई हजार ८९ कित्ता शेयर खरिद–बिक्री हुुँदा कुल कारोबार रकम २९ अर्ब ७७ करोड २५ लाख ५७ हजार तीन रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा एक अर्ब रुपैंयाँले कम हो । गत साता तीन सय २४ वटा कम्पनीहरुको सेयर कारोबार भएका थिए ।

जसअनुुसार तीन लाख २३ हजार तीन सय ९२ पटकको कारोबारमा सात करोड ७८ लाख ७० हजार चार सय ८३ कित्ता शेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम ३० अर्ब ७५ करोड ५१ लाख ९८ हजार दुई सय ५५ रुपैयाँ पुगेको थियो । यो साता नेप्सेको नियमित कारोबार कक्ष सातामा पाँच कार्य दिन नैं खुलेको थियो । जसमध्ये पहिलो चौंथो र पाँचौं दिन ओरालो लागेको नेप्से परिसुचक दोस्रो र तेस्रो दिन भने उकालो लागेको थियो ।

दैनिक शेयर कारोबारको बिश्लेषण गर्दा साताको पहिलो कारोबार दिन आईतबार नेप्से परिसुचक २७ दशमलव १४ अंकले ओरालो लागेर २७ सय ६१ दशमलव २२ बिन्दुमा झरेकोमा क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव १५ अंकले ओरालो लागेर चार सय ७३ दशमलव ६७ बिन्दुमा झरेको थियो ।

दोस्रो कारोबार दिन सोमबार भने नेप्से परिसुचक नौं दशमलव १६ अंकले उकालो लागेर दुई हजार सात सय ७० दशमलव ३९ बिन्दुमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ६६ अंकले उकालो लागेर चार सय ७५ दशमलव ३३ बिन्दुमा चढेको थियो । तेस्रो कारोबार दिन मंगलबार पनि नेप्से परिसुचक छ दशमलव ५१ अंकले उकालो लागेर दुई हजार सात सय ७६ दशमलव ९० बिन्दुमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ७३ अंकले उकालो लागेर चार सय ७७ दशमलव छ बिन्दुमा चढेको थियो ।

चौंथो कारोबार दिन बुधबार भने नेप्से परिसुचक नौं दशमलव ७० अंकले ओरालो लागेर २७ सय ६७ दशमलव २० बिन्दुुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव १० अंकले ओरालो लागेर चार सय ७४ दशमलव ९६ बिन्दुमा झरेको थियो । पाँचौं कारोबार दिन बिहिबार पनि नेप्से परिसुचक नौं दशमलव २२ अंकले ओरालो लागेर २७ सय ५७ दशमलव ९७ बिन्दुुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ६९ अंकले ओरालो लागेर चार सय ७४ दशमलव २६ बिन्दुमा झरेको थियो ।

यो साता बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा नेपाल पुर्नबीमा कम्पनी, हिमालन रि इन्स्योरेन्स कम्पनी अगाडि परेको छ भने सेयर कारोवार भएको संख्याको आधारमा पनि नेपाल पुर्नबीमा कम्पनी, राधी जलबिद्युत कम्पनी लिमिटेड अगाडि देखिएका छन् । बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि परेकाछन् ।

दैनिक सेयर कारोबार तालिका
दिन कम्पनी संख्या कारोबार संख्या कित्ता संख्या कारोबार रकम

पहिलो दिन ३१७ ८६६६९ २०५१३६२५ ७७३५१९५०८४.६३
दोस्रो दिन ३२० ६७९५९ १५२२९८२१ ६१७९८५५२०९.५२
तेस्रो दिन ३१६ ६१७८४ १३१२४३१० ५६३६५४८०३८.२६
चौंथो दिन ३२३ ५३८५३ १५२६६६१७ ५२००७५३८५८.०२
पाँचौं दिन ३१९ ५६८२४ १६८५५९०६ ५०२०१०४८१६.५५
कुल ३२३ ३२७०८९ ८०९९०२८९ २९७७२५५७००३.९८
(श्रोत : नेपाल स्टक एक्सचेन्ज लिमिटेड)

प्रतिक्रिया