शुक्रबार, वैशाख १२, २०८२

नेप्सेको उच्च बृद्धिदर आज पनि कायम, सोमबार ८ अर्ब ९० करोडको कारोबार

नेपालखोज २०७७ माघ १२ गते १६:४०

काठमाडौं । नेप्सेको उच्च बृद्धिदरले साताको दोस्रो कारोवार दिन आज सोमबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन ५० दसमलव दुुई अंकले बढेको नेप्से आज १६ दसमलव चार अंकले बढेर २४ सय ४० दसमलव ८७ अंकमा पुुगेको छ भने सेन्सिटिभ इन्डेक्स शुन्य दसमलव २४ अंकले घटेर चार सय ५१ दसमलव ८२ अंकमा झरेको छ ।

दुुई सय आठ वटा कमपनीहरुको ७२ हजार सात सय ७३ पटकको कारोवारमा एक करोड ९२ लाख ८५ हजार पाँच सय चार कित्ता सेयर किनबेच हुुंदा आज कुुल कारोवार रकम आठ अर्ब ९० करोड ३५ लाख ३८ हजार सात सय ३१ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार हुंदा पाँच वटा समुहको सुचक बढेर सात वटा समुहको सुचक घटेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक २४ दसमलव २२ अंकले बढेर १७ सय ६९ दसमलव ६४ अंकमा चढेकोमा निर्जिवन बीमा समुहको सुचक पनि ७९ दसमलव ३४ अंकले बढेर ११ हजार सात सय ८५ दसमलव ६६ अंकमा चढेको छ । यि बाहेक टे«डिङ, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेका छन ।

बिकास बैक समुहको सुचक भने आज २० दसमलव ७७ अंकले घटेर २५ सय ५६ दसमलव एक अंकमा झर्दा जीवन बीमा समुहको सुचक पनि ८८ दसमलव ५८ अंकले घटेर १६ हजार आठ सय ६० दसमलव सात अंकमा झरेको छ । यि बाहेक बिकास बैंक, जलबिद्युत, होटल, फाईनान्स र उत्पादनमुुलक समुहको सुचकहरु पनि घटेका छन ।

आज नागरिक लगानी कोषको प्रतिकित्ता सेयर मुल्य १० प्रतिसतले बढेर चार हजार एक सय ६९ रुपैयाँमा कारोवार हुंदा श्री इन्भेष्टमेन्ट एण्ड फाईनान्स कम्पनीको प्रतिकित्ता सेयर मुल्य छ दसमलव ९८ प्रतिसतले घटेर दुुई सय ४० रुपैयाँमा कारोवार भएको छ । यसैगरी नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको भने प्रतिकित्ता २८ सय ४९ रुपैयाँ अन्तिम मुल्यमा ६० करोड ३७ लाख ४० हजार सात सय १९ रुपैयाँको कारोवार भएको छ ।

प्रतिक्रिया