आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको विरोधमा पत्रकारहरुले कोशी प्रदेशसभाबाहिर धर्ना

नेपालखोज २०८२ भदौ ६ गते १९:२०

काठमाडाैं । कोशी प्रदेश आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको विरोधमा पत्रकारहरुले कोशी प्रदेशसभाबाहिर धर्ना दिएका छन् ।

पत्रकारको अधिकार हनन गर्नेगरि उक्त विधेयक ल्याइएको भन्दै उनीहरुले शुक्रबार कोशी प्रदेशसभाबाहिर धर्ना दिएका हुन् । उनीहरुले प्रेस विरोधी कानून खारेज गर भन्दै नारावाजी गरेका थिए ।

प्रदेशसभा परिसरमा पत्रकारहरुले धर्ना दिएपछि प्रहरीले धकपडक गरेको छ । नेपाल पत्रकार महासंघ कोशी प्रदेशको आयोजनामा प्रदेश सभा सचिवालयमा धर्ना दिन पुगेका पत्रकारहरुमाथी प्रहरीले धरपकड गरेको हो ।

उक्त विधेयकमा प्रसारणमा रोक लगाउनेदेखि समाचार लेखेकै आधारमा ढेड लाख रुपैँयासम्म जरिवाना गर्ने प्रावधान उल्लेख छ । न्याय, प्रशासन तथा विधायन समितिका सभापति कमला दर्नालले शुक्रबार नै कोशी प्रदेशसभा बैठकमा

‘कोशी प्रदेश आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सम्बन्धी प्रतिवेदन पेस गर्नुभएको छ । पत्रकारहरुले उक्त प्रावधान सञ्चाउनुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया