लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ

नेपालखोज २०८२ भदौ ७ गते १६:५२

काठमाडौं । काठमाडौं महानगरपालिका-१५ विजेश्वरीबाट नियन्त्रित लागूऔषध डाईजेपाम १४ एम्पुल, फेनारगन १४ एम्पुल, नोर्फिन १४ एम्पुल र नगद १० हजार ८८५ रूपैयाँ सहित सोही ठाउँ बस्ने काभ्रे तेमाल गाउँपालिका-७ घर भएका ३१ वर्षीय पेम्बा तामाङ समेत ५ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

झापाको गौरीगंज गाउँपालिका-२ बाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम ७५० मिलिग्राम सहित दमक नगरपालिका-९ धरना टोल बस्ने २९ वर्षीय डिकेश मुण्डा समेत ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कोरोबारीबाट खटिएको प्रहरीले आँपगाछीबाट पूर्व तुलाचन चोकतर्फ आउँदै गरेको प्र.१-०१-०१३ प ७०९२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

बाँकेको नेपालगंज उपमहानगरपालिका-१७ डिवामन्दिर नजिकैबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय ग्राम ७४० मिलिग्रामसहित सोही नगरपालिका-१६ बस्ने २० वर्षीय रियाज खानलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले पँचपोखराबाट नदै गाउँतर्फ आउँदै गरेको युपि ३२ एनयु ७४३५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कञ्चनपुरको भीमदत्त नगरपालिका-७ हल्दुखालबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने २४ वर्षीय प्रबिन धानुकलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

बर्दियाको गुलरिया नगरपालिका-११ लालपुरबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६९० मिलिग्राम सहित सोही नगरपालिका–४ लक्ष्मीटोल बस्ने २८ वर्षीय अनिल गोडियालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२१ बाट लागूऔषध गाँजा करिब ७ किलो ३२० ग्राम सहित चितवन राप्ती नगरपालिका-१ बस्ने ४२ वर्षीय सन्चलाल चेपाङलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अम्लेखगंजबाट खटिएको प्रहरीले चितवनबाट वीरगंजतर्फ आउँदै गरेको बा.प्र.०६-००१ ज ००४२ नम्बरको गाडीमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया