पहिरोले अवरुद्ध बनेको त्रिभुवन राजपथ सञ्चालन
नेपालखोज
२०८२ भदौ ७ गते १९:३४

मकवानपुर । त्रिभुवनराजपथको हेटौँडा-काठमाडौँ खण्डअन्तर्गत भिमफेदी गाउँपालिका–१ बाघझोरा नजिक गएराति सुक्खा पहिरो गएर अवरुद्ध बनेको सडक आज सञ्चालनमा आएको छ ।
ठूलाठूला डोजरको सहयोगमा पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
यसैगरी हेटाैँडा-काठमाडौँ खण्डको कान्तिलोकपथको भिमफेदी गाउँपालिका-८ भर्याङडाँडामा हिजो गएको पहिरोले सडक अवरुद्ध भएकामा आज दिउँसो सो पहिरो पन्छाएपछि यातायातका साधन सञ्चालनमा आएका छन् ।
सम्बन्धित

प्रतिक्रिया