बिहीबार, पुष १०, २०८२

भान्सद्वारा युक्रेन युद्धमा रुसमाथि दबाब दिन भारतमाथि लगाइएको भन्सार शुल्कको बचाउ

नेपालखोज २०८२ भदौ ९ गते १२:३४

काठमाडौं । अमेरिकाका उपराष्ट्रपति जे डी भान्सले आइतबार (स्थानीय समय) भारतमाथि लगाइएका माध्यमिक प्रतिबन्ध र भन्सार शुल्कलाई युक्रेन युद्धमा रुसविरुद्ध प्रयोग गरिएको ‘आक्रामक आर्थिक लाभ’ को रणनीति अन्तर्गत रहेको भन्दै यसको बचाउ गरे ।

एनबिसी न्युजको मिट द प्रेस कार्यक्रममा बोल्दै उनले ट्रम्प प्रशासनले भारतमाथि कर लगाउने उपायमार्फत मस्कोलाई आफ्नो तेल अर्थतन्त्रबाट फाइदा लिन कठिन बनाइरहेको बताए ।

प्रतिबन्धले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युद्धविरामका लागि बाध्य हुनुहुन्न भन्ने विदेशमन्त्री मार्को रुबियोको शङ्काबारे सोध्दा भान्सले भने, ‘प्रतिबन्धहरू टेबलबाट हटाइएका छैनन् । हामी केस-बाइ-केस आधारमा निर्णय गर्छौं । वास्तविक प्रश्न यो हो कि कुन प्रकारको दबाबले रुसीहरूलाई वार्ता टेबलमा ल्याउन सक्छ रु तपाईंले भन्नुभयो कि प्रतिबन्धले युद्धविराम ल्याउँदैन, मलाई लाग्छ त्यो ठ्याक्कै सत्य हो । किनकि यदि हामी रुसीहरूको दृष्टिकोणलाई हेर्‍यौँ भने, उनीहरू युद्ध रोक्न चाहँदैनन् । उनीहरूका जटिल कारण छन् जसका कारण युद्ध जारी राख्न चाहन्छन् ।’

उप-राष्ट्रपतिले अमेरिकासँग अझै पनि ‘खेल्न बाँकी धेरै कार्डहरू’ रहेको उल्लेख गर्दै ट्रम्प प्रशासनले अघिल्ला सरकारहरूमाभन्दा बढी आर्थिक दबाब मस्कोमाथि दिएको दाबी गरे ।

प्रतिक्रिया