अस्पताल व्यवस्थापनमा सुधार अपरिहार्य : मुख्यमन्त्री कँडेल

नेपालखोज २०८२ भदौ ९ गते २१:३०

काँक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश अस्पतालको व्यवस्थापनमा तत्काल सुधार आवश्यक रहेको बताएका छन् । आज सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा आयोजित अन्तरक्रियामा उनले विगतदेखि अस्पताल सेवाप्रति नागरिकको गुनासो बढ्दै गएकाले अब गुनासो आउने अवस्थालाई पूर्णविराम लगाउनुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री कँडेलले अस्पताल परिसर बाहिर देखिने सौन्दर्यपूर्ण वातावरण जस्तै भित्र अनुशासन, स्वच्छता र सेवा प्रवाहमा सुधार ल्याउन निर्देशन दिए । उनले भने, अस्पतालमा आउने बिरामी र नागरिकको पहिलो अपेक्षा भनेकै गुणस्तरीय सेवा हो । बाहिरी सौन्दर्य मात्र पर्याप्त हुँदैन, भित्रको व्यवस्थापनले त्यसको अनुभूति गराउनुपर्छ ।

उनले अस्पतालमा कार्यरत सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई आफ्नो जिम्मेवारीप्रति जिम्मेवार हुन आग्रह गरे । उपस्थित स्वास्थ्यकर्मीहरुले जनशक्ति अभाव, उपकरणको पर्याप्त प्रयोगमा कठिनाइ, औषधि आपूर्ति समस्या र पूर्वाधार विस्तारको आवश्यकता जस्ता विषय उठाएका छन् ।

प्रतिक्रिया