शनिबार, मंसिर २७, २०८२

नेपाल बैंक र माउन्टेन भिस्टा रिट्रिटबिच सम्झौता

नेपालखोज २०८२ भदौ १० गते १४:०२

काठमाडौं । नेपाल बैंक र माउन्टेन भिस्टा रिट्रिटबिच सम्झौता भएको छ ।

बैंकमा कार्यरत कर्मचारी, कर्मचारीका परिवारका सदस्यहरू र बैंकमा खाता रहेका ग्राहकलाई काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिका ०२, स्थित रहेको रिसोर्ट माउन्टेन भिस्टा रिट्रिटले प्रदान गर्ने सेवामा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो ।

सम्झौता बमोजिम नेपाल बैंकमा कार्यरत कर्मचारी, कर्मचारीका परिवारका सदस्य र बैंकमा खाता रहेका ग्राहकलाई माउन्टेन भिस्टा रिट्रिटले प्रदान गर्ने रिसोर्टका विविध सेवाहरुमा लाग्ने शुल्कमा बिल रकमको १० प्रतिशत देखि १५ प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ ।

सम्झौता पत्रमा सोमबार बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र माउन्टेन भिस्टा रिट्रिट प्रा.लि. को तर्फबाट निर्देशक प्रदिप शर्मा पौडेलले हस्ताक्षर गरेका हुन ।

प्रतिक्रिया