सुनचाँदीको मूल्यमा सामान्य उतारचढाब
नेपालखोज
२०८२ भदौ ११ गते ११:००

काठमाडौं । स्थानीय बजारमा मङ्गलबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको छ । सुनको मोल तोलमा तीन सयले बढेको छ भने चाँदी १५ ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९९ हजार निर्धारण भएको छ । त्यति नै परिमाणको चाँदी दुई हजार ३४५ मा खरिदबिक्री भइरहेको छ । हिजो मङ्गलबार एक तोला सुन एक लाख ९८ हजार ७०० मा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी दुई हजार ३६० मा क्रयविक्रय भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज प्रतिऔँस सुन तीन हजार ३७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
सम्बन्धित








प्रतिक्रिया