दुर्घटनामा कमी ल्याउन र ट्राफिक सचेतना अभिवृद्धि गर्न मुख्यमन्त्री बानियाँको निर्देशन

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सवगारी दुर्घटनामा कमी ल्याउन र ट्राफिक सचेतना अभिवृद्धि गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित सुरक्षा निकायसँगको छलफलमा मुख्यमन्त्री बानियाँले प्रदेशमा बढ्दो सवारी दुर्घटनामा कमी ल्याउन सुरक्षा निकाय र सरोकारवालासँग सहकार्य गरी कदम चाल्न निर्देशन दिए ।
सवारी चालकले मादक पदार्थ र लागुऔषध सेवन गरेर सवारी चलाएको वा नचलाएको जाँचलाई नियमित र कडा बनाउन एवं सवारी दुर्घटनामा कमी ल्याउने गरी ट्राफिक सचेतना अभिवृद्धि कार्यक्रम चलाउन निर्देशन दिँदै मुख्यमन्त्री बानियाँले पछिल्लो समय सवारी दुर्घटना बढेर अनाहकमा सर्वसाधारणको ज्यान गइरहेकोप्रति सरकारको गम्भीर ध्यान गएको उल्लेख गरे ।
‘नो हेलमेट, नो फ्युल’ अभियानलाई कडाइका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै उनले हेलमेट प्रयोग नगर्नेलाई इन्धन नदिने अभियानमा कडाइ गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया