प्रदेश प्रमुख मियाँद्वारा गौरापर्वको शुभकामना

नेपालखोज २०८२ भदौ १५ गते १०:२६

अत्तरिया (कैलाली) । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले गौरापर्वले सम्पूर्ण नेपालीबीच भावनात्मक एकता र आपसी भाइचारा अभिवृद्धि गर्ने बताएका छन् । गौरापर्व २०८२ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले यस पर्वले नयाँ उमङ्ग र हौसलाका साथ मुलुकको प्रगतिमा अग्रसर हुने प्रेरणा मिल्ने बताए ।

उनले गौरापर्वले नेपालको मौलिक संस्कृति र परम्पराको संरक्षण, संवर्द्धन तथा विकासमा टेवा पुर्याइरहेको बताएका छन् । उनले शुभकामना सन्देशमा भनका छन्, गौराले आपसी प्रेम र सद्भावलाई प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।

घरपरिवारबाट टाढा रहेका आफन्तहरूसमेत गौरापर्व मनाउन घर फर्किने भएकाले यस पर्वले पारिवारिक मिलनमा पनि विशेष महत्व राख्ने शुभकामना सन्देशमा उल्लेख छ । सुदूरपश्चिमवासीको मौलिक एवं सांस्कृतिक पर्व गौराको मुख्य दिन आज दुर्वाष्टमी अर्थात् अठ्यावाली मनाइँदैछ ।

प्रतिक्रिया