बाढीमा बगेर दुई युवकको मृत्यु
नेपालखोज
२०८२ भदौ १७ गते १६:०१

रसुवा । दुई दिनअघि सदरमुकामबाट आफ्नो घर ठाडेगाउँतर्फ जाने क्रममा हराएका दुई युवकको शव आज फेला परेको छ । प्लेङजुङ खोलाको बाढीमा परी उनीहरूको ज्यान गएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख हेमबहादुर शाहीका अनुसार गोसाइकुण्ड गाउँपालिका-६ ठाडेका २३ वर्षीय दावाढिण्डुप तामाङ र सुदीप घलेको मृत्यु भएको हो ।
गत आइतबार मोटरसाइकलमा घरतर्फ गइरहेका उनीहरू घर नपुगेपछि खोजी थालिएको थियो । शव भेटिए पनि उनीहरू सवार मोटरसाइकल भेटिएको छैन ।
यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित

प्रतिक्रिया