सोमबार, पुष ७, २०८२

प्रिमियर र क्वासन बने च्याम्पियन

नेपालखोज २०८२ भदौ १७ गते २०:०५

काठमाडौं । प्रिमियर र टिम क्वासनले ‘एस आइबिएस थ्री बाइ थ्री’ बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको ब्वाइज फाइनलमा प्रिमियरले जेभियरलाई १७–१३ ले पराजित ग¥यो ।

प्रिमियरबाट अश्विन चालिसे (कप्तान), प्रथम श्रेष्ठ, प्रणयमान श्रेष्ठ र दावा लामाले प्रतिस्पर्धा गरेका थिए । विजेताले रु २० हजार र उपविजेताले रु १० हजार नगद पुरस्कार प्राप्त गरे ।

एस इन्टरनेसनल बिजनस स्कुल (एस आइबिएस) द्वारा आयोजित प्रतियोगिताअन्तर्गत गल्र्सको उपाधि भिडन्तमा क्वासनले बलर्स एकेडेमीलाई ११–१० को साँघुरो अन्तरले पराजित ग¥यो । क्वासनको टोलीबाट सोनाम डोल्मा लामा (कप्तान), ऊर्जा राना मगर, गुरुत्सो लामा र छिरिङ शेर्पाले खेलेका थिए ।

यसमा पहिलो हुनेलाई रु १५ हजार तथा दोस्रोलाई रु आठ हजार नगदसहित पुरस्कृत गरिएको छ । नेपाल बास्केटबल सङ्घको सहकार्यमा भएको प्रतियोगिताको ब्वाइजमा प्रिमियरका अश्विन र गल्र्समा क्वासनकी ऊर्जा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

विजेतालाई सङ्घका अध्यक्ष भीमसिंह गुरुङ र आयोजक एस आइबिएसका कार्यकारी निर्देशक आशिष तिवारीले पुरस्कार प्रदान गरे । दुईदिने प्रतियोगिताको ब्वाइजमा ३२ तथा गल्र्समा १२ टोलीले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । -रासस

प्रतिक्रिया