निजी विद्यालयहरूले भदौ २४ र २५ गते विद्यालय बन्द गर्ने

काठमाडौं । निजी विद्यालयहरूले भदौ २४ र २५ गते विद्यालय बन्द गर्ने जनाएका छन् । शिक्षा विधेयकको विरोधमा आन्दोलनरत निजी विद्यालयहरूले भदौ २४ र २५ गते विद्यालय बन्द गर्ने जनाएका हुन् ।
निजी विद्यालयहरूको छाता संगठन नेसनल प्याब्सनका अध्यक्ष सुवास न्यौपानेले भदौ २४ र २५ गते काठमाडौं ठप्प पार्ने गरी आन्दोलन गर्न लागिएको बताए ।
यसअघि, आन्दोलनका कार्यक्रम घोषणा गर्दै निजी विद्यालयका विभिन्न छाता संगठन (प्याब्सन, नेसनल प्याब्सन, हिसान, एपेन र एनएमए)ले भदौ १८ गते (आज)देखि विद्यालय बन्द गर्ने घोषणा गरेका थिए । तर, उनीहरूले अन्तिममा आएर विद्यालय बन्दको निर्णय फिर्ता लिएका थिए ।
निजी विद्यालयहरूले पाँचबुँदे माग राखेका छन् । विधेयकबाट ‘पूर्ण छात्रवृत्ति’ शब्द हटाइनुपर्ने, विद्यालयमा उत्पादन नहुने सामग्री पोसाक, स्टेसनरी, शैक्षिक सामग्री, खाना, खाजा उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने माग उनीहरूको छ ।

प्रतिक्रिया