जेनजी आन्दोलनमा कम्तीमा १४ जनाको मृत्यु, देशभर झडप, ठाउँ ठाउँमा कर्फ्यु

काठमाडौं । जेनजी आन्दोलनका १४ जनाको मृत्यु भएको छ । यो संख्या सोमबार ३ः५५ बजेसम्म प्राप्त भएको हो ।
नयाँ बानेश्वरस्थित संसद भवन हाताभित्र प्रवेश गरेका एक जना प्रदर्शनकारीको त्यही मृत्यु भएको छ । सोही क्रममा घाइते भएर विभिन्न अस्पताल लगिएकामध्ये १२ को मृत्यु भएको प्रहरीले स्रोतले जानकारी दिएको छ ।
सबभन्दा बढी राष्ट्रिय ट्रमा सेन्टरमा ६ जनाको मृत्यु भइसकेको छ । नयाँ बानेश्वरस्थित एभरेस्ट अस्पतालमा ३, सिभिल अस्पतालमा उपचारका क्रममा ३, सिनामंगलस्थित केएमसी र त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा १–१ को ज्यान गएको छ । घाइते प्रदर्शनकारीको संख्या यकिन छैन ।
घाइतेको अत्यधिक चाप बढेपछि मीनभवनस्थित सिभिल अस्पतालले विभिन्न अस्पतालमा घाइते रिफर गरिरहेको छ । विभिन्न अस्पतालमा निधन भएका घाइतेलाई पनि सिभिल अस्पतालले रिभर गरेर त्यहाँ पठाएको थियो ।
हालसम्म कोही पनि मृतकको सनाखत भएको छैन । प्रहरीले उनीहरूको मुचुल्का उठाइँदै गरेको जानकारी दिएको छ ।
यस्तै, काठमाडौँ बाहिर पोखरा, विराटनगर, झापा, चितवन लगायतका सहरी क्षेत्रमा पनि झडप भइरहेको छ । सरकारले काठमाडौँ, पोखरा लगायतका प्रमुख सहरमा कर्फ्यु जारी गरेको छ । यद्यपि, आन्दोलन भने रोकिएको छैन ।जारी गरेको छ । यद्यपि, आन्दोलन भने रोकिएको छैन ।








प्रतिक्रिया