प्रहरीबाट लुटिएका झण्डै दुई दर्जन हतियार नेपाली सेनाको जिम्मा

नेपालखोज २०८२ भदौ २५ गते १२:३०

काठमाडौं । प्रहरीबाट लुटिएका २ दर्जन हतियार नेपाली सेनाको जिम्मा लगाइएको छ । मंगलबारको झडपमा सुरक्षाकर्मीबाट युवाहरुको समूहले खोसेका झण्डै दुई दर्जन हतियार नेपाली सेनाको जिम्मा लगाइएको हाे ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार विभिन्न ठाउँबाट २३ थान हतियार सेनाले प्राप्त गरिसकेको छ ।

जेनजी प्रदर्शनको क्रममा मंगलबार आक्रोशित समूहले नेपाल प्रहरीहरुलाई कुटपिट गर्नुका साथै हतियार समेत खोसेका थिए । उनीहरुले प्रहरीका र अन्य सरकारी कार्यालयहरुमा तोडफोड र आगजनी गरेका थिए ।

प्रतिक्रिया