त्रिभुवन विमानस्थल सुचारु गर्ने विमानस्थल सुरक्षा समिति बैठककाे निर्णय

नेपालखोज २०८२ भदौ २५ गते १६:००

काठमाडौं । विमानस्थल सुरक्षा समितिको बैठकले त्रिभुवन विमानस्थल सुचारु गर्ने निर्णय भएको छ ।

सुरक्षा समितिको बैठकले मंगलबारकाे जेनजी आन्दोलनपछि बन्द गरिएका हवाइ उडानहरु सुचारु गर्ने निर्णय गरेको हो ।

‘हवाइ उडानका लागि विमानस्थल आवागमन गर्नुहुने यात्रु महानुभावहरुले आआफ्नो वायुसेवा कम्पनीसँग सम्पर्क गरी उडान समयको जानकारी लिई मात्र विमानस्थल आउजाउ गर्न हुन साथै यसरी आवतजावत गर्दौ आधिकारिक हवाई टिकट र परिचय खुल्ने कागजात साथमा लिई आउनुहुन समेत अनुरोध छ’, विमानस्थलको सार्वजनिक सूचनामा भनिएको छ ।

प्रतिक्रिया