मंगलबार, पुष १, २०८२

काराबारबाट भागेका पाँच जना नियन्त्रणमा

नेपालखोज २०८२ भदौ २५ गते १६:१९

दार्चुला । ‘जेनजी’को आन्दोलनका क्रममा जिल्ला कारागारबाट गए राति भागेकामध्ये पाँच जना पक्राउ परेका छन् ।

कारागारबाट भागेकामध्ये आज उनीहरूलाई नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए । अरू कैदीबन्दीको खोजी भइरहेको जनाइएको छ ।

यस्तै आन्दोलनका क्रममा नेकपा (एमाले) र नेपाली कांग्रेसको पार्टी कार्यालयमा क्षति भएको छ । आज लेकम गाउँपालिका–५ मा रहेको रेडियो लोकदर्पण एफएमको कार्यालयमा समेत तोडफोड भएको छभने गाउँपालिकामा तोडफोडमा जान लागेको भन्दै लेकम–३ मा रहेको सशस्त्र प्रहरी बिओेपीको टोली पालिकामा खटाइएको पौडेलले बताए ।

प्रतिक्रिया