सागर डिष्टिलरीको साधारण शेयरको सार्वजनिक निष्काशन तथा विक्री स्थगित
नेपालखोज
२०८२ भदौ २५ गते १७:५०

काठमाडौं । सागर डिष्टिलरी लिमिटेडको साधारण शेयरको सार्वजनिक निष्काशन तथा विक्री स्थगित भएको छ ।
कम्पनीले यसअघि यही भदौ २५ गतेबाट सार्वजनिक निष्काशन खुल्ला गर्ने गरी यही भदौ १७ गते आह्वानपत्र प्रकाशन गरेको थियो ।
हाल मुलुकमा देखिएको विषम परिस्थितिलाई मध्येनजर गरी उक्त सार्वजनिक निष्काशन प्रक्रिया अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको कम्पनीले जानकारी दिएको छ ।
सम्बन्धित

प्रतिक्रिया