देशभरको कारागारबाट भागेका मध्ये १ हजार ४५५ कैदी पक्राउ

नेपालखोज २०८२ भदौ २६ गते ११:५२

काठमाडौं । देशभरको कारागारबाट भागेका मध्ये एक हजार ४५५ कैदीबन्दी पक्राउ परेका छन् ।

जेनजीको प्रदर्शन उग्र बनेपछि कारागार तोडफोड र आगजनी गर्दै फरार भएका मध्ये एक हजार ४५५ कैदीबन्दीलाई पक्राउ गरिएको प्रहरीले जनाएका छन् ।

अझै १२ हजार ८५२ कैदीबन्दी फरार नै रहेका छन् । देशभरका कारागारबाट १४ हजार ५०७ कैदीबन्दी फरार भएका थिए ।

प्रतिक्रिया