प्रधानमन्त्रीको राजीनामापछि अबको राजनीतिक निकास संविधान र लोकतान्त्रिक विधिबाट खोजिनुपर्नेमा एमाले स्पष्ट

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्रीको राजीनामापछि अबको राजनीतिक निकास संविधान र लोकतान्त्रिक विधिबाट खोजिनुपर्नेमा स्पष्ट रहेको बताएको छ ।
महासचिव शंकर पोखरेलले मुलुकका विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे केन्द्रीय सचिवालयको ८ बुँदे धारणा सार्वजनिक गर्दै मुलुकमा पछिल्ला दिनमा देखिएको असामान्य राजनीतिक परिस्थितिप्रति पार्टी गम्भीर र संवेदनशील बनेको जनाएका हुन् ।
संसद्, राष्ट्रपति भवन, सिंहदरबार, सर्वोच्च अदालत, विमानस्थल, प्रहरी कार्यालयलगायत संवैधानिक निकायमा गरिएको तोडफोड तथा अभिलेख नष्ट हुनु राष्ट्रका लागि ठूलो क्षति भएको एमालेले जनाएको छ । त्यस्तै, १३ हजारभन्दा बढी कैदीबन्दी जेल तोडेर भाग्नु शान्ति(सुरक्षामा गम्भीर चुनौती बनेको एमालेको भनाइ छ ।
आयोजकहरूले आफ्नो प्रदर्शन शान्तिपूर्ण रहेको र तोडफोडमा संलग्न नभएको प्रष्ट्याएको प्रसंग उल्लेख गर्दै वक्तव्यमा योजनाबद्ध रूपमा भएको विनाशकारी घटनाको सत्य तथ्य छानबिन गर्नुपर्ने माग गरिएको छ ।




प्रतिक्रिया