नवलपरासी कारागारमा १९ कैदी फर्किए
नेपालखोज
२०८२ भदौ २७ गते १२:३८

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । नवलपरासी कारागारबाट निस्केका कैदी कारागार फर्किन थालेका छन् ।
कारागारका जेलर विकल श्रेष्ठका अनुसार बुधबार कारागारबाट निस्किएका मध्ये १९ कैदी कारागार फर्किसकेका जेलर श्रेष्ठले बताए । ‘केही कैदीले फोन सम्पर्क गरेर हामी कारागार फर्किदै छौँ भनेर जानकारी गराएका छन्’, उनले भने ।
कतिपय कैदी टाढासम्म पुगिसकेकाले सवारीसाधन नचलेर उनीहरु आउन ढिलाइ भएको जेलर श्रेष्ठले भने । बुधबार नवलपरासी कारागारबाट ५४३ कैदी भागेका थिए । नवलपरासी कारागारमा कूल ५७५ कैदी थिए ।
सम्बन्धित








प्रतिक्रिया