नख्खु कारागारबाट फरार भएका कैदीलाई तत्काल आत्मसमर्पण गर्न आग्रह
नेपालखोज
२०८२ भदौ २७ गते १४:३२

काठमाडौं । नख्खु कारागार प्रशासनले नख्खु कारागारबाट फरार भएका कैदीलाई तत्काल आत्मसमर्पण गर्न आग्रह गरेकाे छ ।
प्रशासनले भदौ २४ गतेको घटनापछि फरार भएका सबै कैदीबन्दीलाई तत्काल आत्मसमर्पण गर्न आग्रह गरेकाे हुन् । तत्काल जेलमा नफर्किए भविष्यमा प्राप्त हुने कानूनी अधिकार,सुविधा र सामाजिक पुनःस्थापना प्रक्रियामा असर पर्ने चेतावनी छ ।
नख्खु जेलबाट रास्वपा सभापति रवि लामिछानेसहित १४ सय कैदी बन्दी बाहिरिएका थिए ।
सम्बन्धित

प्रतिक्रिया